About
भित्री सुन्दरता पाठ्यक्रमको 'पुस्तक – ३ महिला बन्ने’ मा तपाईलाई स्वागत छ । दक्षिण एसियामा केटीहरु माथि हुने दुव्र्यवहार र बेचबिखन रोकथाम गर्ने लक्ष्यले ४ वटा पुस्तकहरु समावेश गरि तयार पारिएको पाठ्यक्रमको यो तेस्रो पुस्तक हो । यदि तपाईले यो पाठ्क्रम प्रयोग गर्दैहुनुहुन्छ भने पहिलो पुस्तक 'चरित्र निर्माण र दोस्रो पुस्तक चुनौतीहरुको सामना’ ले केटीहरुलाई आफ्नो महत्व कसरी गर्ने, लामो समयसम्म चल्ले मेत्रता कसरी कायम गर्ने र चुनौतीहरु सामना गर्ने बारे सिकाईयो । यो पुस्तकले पनि ती भावहरुलाई समायोजन गरेर केटीहरुलाई महिला बन्ने भनेको के हो भन्ने बारे सिकाउँछ । केटीहरुले आफ्नो शरिरको बारेमा जान्न र कसरी परिपक्व हुने भनेर सिक्न यो पुस्तकले एक सुरक्षित वातावरण प्रदान गर्ने यो पुस्तकको लक्ष्य हो । केटीहरुको जीवनमा आइपर्ने समस्याहरु जसको विषयमा उनीहरुले खुलेर बोल्न अप्ठ्यारो मान्छन् । यो पुस्तकमा त्यस्ता समस्याहरुलाई सम्बोधन गर्ने खालका विषयहरु समावेश गरिएका छन् । केहि जटिल पाठहरुमा बाहिय श्रोतहरु समावेश गरिएका छन् ताकि तपाई सहजकर्तालाई ती जटिल पाठहरु पढाउने क्रममा कठिनाई नहोस् भन्नका लागि । यदि तपाईलाई केटीहरु कुनै पाठमा संवेदनशील भएका जस्तो लागेमा केटीहरुसंग एकलै अगडी बसेर कुरा गर्न संकोच नमान्नुहोस् ।